बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

युक्रेनलाई बेलायती राजपरिवारको पनि समर्थन

शनिबार, १४ फागुन २०७८, २१ : २८
शनिबार, १४ फागुन २०७८

युक्रेन र रुसबीचको भिडन्तमा बेलायती राजपरिवारले पनि युक्रेनलाई समर्थन गरेको छ । बेलायती राजकुमार विलियम र उनकी पत्नी केटले शनिबार युक्रेनलाई समर्थनको सन्देश पठाएका हुन् ।

“बेलायती बरिष्ठ सदस्यहरू र आफूहरूको तर्फबाट युक्रेनका जनताप्रति समर्थन छ,” उनीहरूले पठाएको सन्देशमा उल्लेख गरिएको छ । राजकुमार दम्पतीले सन् २०२० को अक्टोबरमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनकी श्रीमतीलाई भेटेको स्मरण पनि गरेका छन् ।

उनीहरूले अहिलेको समस्या तत्काल समाधान भएर युक्रेनको भविष्य राम्रो हुने विश्वास पनि व्यक्त गरेका छन् । “हामी तपाईँहरूको साथमा छौँ, तपाईँहरूलाई हामी सहयोग र समर्थन गर्न चाहन्छौँ, युक्रेनी जनताको जित होस्,” उहाँहरूले सन्देशमा उल्लेख गरेका छन् । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप