शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

एमसीसी परिमार्जनसहित पारित हुन्छ : रामनारायण बिडारी

शनिबार, १४ फागुन २०७८, २१ : ०८
शनिबार, १४ फागुन २०७८

नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद रामनारायण बिडारीले यो गठबन्धन कायम रहनेगरि र एमसीसी परिमार्जनसहित पारित गर्नेगरि सहमति हुने बताएका छन् । 

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बिडारीले एमसीसी परिमार्जनसहित मात्रै संसदबाट अनुमोदन हुने दाबी गरेका छन् । उनले भने,एमसीसी संशोधनसहित पारित गर्नुपर्छ । यो बीचमा भएका पत्राचार हामीले हेर्न पाएका छैनौं । ८ देखि १० पत्र टेबुल हुनुपर्‍यो । भविष्यमा अमेरिकाले बनाउने र लिने नीति मान्छु भन्ने कुरा राख्नुहुँदैन । यसमा व्याख्यात्मक टिप्पणी हुनुपर्छ । यो व्याख्या नेपाली संसदले गर्नुपर्छ । हामी सबै कार्य गर्नको निम्ति, अध्ययन गरेरमात्रै टुंगो लगाउँछौं ।

उनले आफ्नो पार्टीले यथास्थितिमा एमसीसीको पक्षमा मतदान नगर्ने पनि स्पष्ट पारेका छन् । उनले भने, माओवादीले एमसीसीको पक्षमा मतदान गर्दैन । अहिले मतदान गर्दैन । अहिलेको अवस्थामा हाम्रो पार्टीले यसको पक्षमा मत हाल्दैन । अमेरिकी अनुदान लिने हो, तर नेपाललाई हित हुनेगरी लिने । सम्झौतामा लेखिएका भाषा र शब्द मिलाउने कुरा छ, यसमै सहमति हुन्छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रष्ट रुपमा वर्तमान गठबन्धन कायम राख्ने भनेर धारणा राखिसकेकोले गठबन्धन नटुट्ने दाबी गरे । उनले भने,“उहाँको प्रष्ट धारणा छ यो गठबन्धन टुट्दैन । एमसीसी पास हुन्छ । हामीले पनि गठबन्धन टु्ट्दैन भनेका छौं ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप