मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

जीतको खुसी, तस्बिरमा हेर्नुहाेस्

शनिबार, १४ फागुन २०७८, २० : ५०
शनिबार, १४ फागुन २०७८

मच्छिन्द्र फुटबल क्लबले अपराजित रहँदो सहिद स्मारक डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।​ ११औँ चरणको खेलमा उपाधि पक्का गरिसकेको मच्छिन्द्रले शनिबार त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा सम्पन्न लिगको अन्तिम खेलमा पनि सुखद नतिजा निकाल्दै उपाधि रक्षा गरेको हो । लिगको अन्तिम खेलमा मच्छिन्द्रले विभागीय क्लब एपिएफलाई २–१ गोल अन्तरले हराउँदा अपराजित रहँदै च्याम्पियन बनेको हो ।

लगातार दोस्रो पटक च्याम्पियन भएको मच्छिन्द्रले उपाधिसँगै नगद ७५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपाधिसँगै मछिन्द्रले ७५ लाख नगद प्राप्त गरेको छ । यस्तै उपविजेता त्रिभुवन आर्मी क्लबले ५० लाख रुपैयाँ हात पार्दा तेस्रो भएको न्युरोड टिम (एनआरटी) ले २५ लाख प्राप्त गर्‍यो । ए लिगको डेब्यु क्लब सातदोबाटो युथ क्लब चौथो र मनाङ मर्स्याङ्दी क्लब पाँचौँ स्थानमा रहे । यस सिजन च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेसनमा पर्दै बी डिभिजनमा घटुवा भए ।

लिगको अन्तर्गत शनिबारै आर्मी र मनाङ मर्स्याङ्दीले १–१ गोलको बराबरी खेल्दै लिग टुङ्गाउँदा न्युरोड टिम (एनआरटी)ले पुलिसलाई ३–१ ले हराउँदै लिगको समापन गर्‍यो । कुल ९१ खेल भएको लिगबाट मच्छिन्द्र फुटबल क्लबका सुनिल बल सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ३ लाख प्राप्त गर्दा फ्रेन्ड्सका जमउल एन्थोनी सर्वाधिक गोलकर्ता चुनिएर नगद २ लाख रुपैयाँ प्राप्त गरे । जमउल एन्थोनीले सम्पन्न लिगमा ७ गोल गरेका उनले गोल्डेन बल प्राप्त गरे । यस्तै मछिन्द्रकै विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिएर गोल्डेन ग्लोभ्स र २ लाख नगद पाए भने आर्मीका दिनेश हेन्जन इमर्जिङ प्लेयर घोषित हुँदा १ लाख ५० हजार रुपैयाँ थापे । फेयर प्ले टिमको अवार्ड भने सातदोबाटो युथ क्लबले जित्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप