मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकमा बस दुर्घटना : १२ जना घाइते, तीनको अवस्था गम्भीर

शनिबार, १४ फागुन २०७८, १९ : ४८
शनिबार, १४ फागुन २०७८

सिन्धुपाल्चोकमा यात्रुवाहाक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका सिपाबडहरे जाँदै गरेको  हेलम्बु यातायातको बा२ख ६५८८ नम्बरको बस इन्द्रावती गाँउपालिका–११ मा दुर्घटना भएको हो । 

दुर्घटना १२ जना घाइते भएकोमा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार घाइते भएका तीन जनालाई धुलिखेल अस्पताल रिफर गरिएको छ । अन्य घाइतेको बोडगाउँ मेडिकल सेन्टरमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप