शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

गायक पाण्डेको एक सर्को दुनियाँ अर्को सार्वजनिक

शनिबार, १४ फागुन २०७८, १९ : ०४
शनिबार, १४ फागुन २०७८

गायक संगीतकार एवम् गीतकार विकास पाण्डेको एक सर्को दुनियाँ अर्को म्युजिक भिडियो आज सार्वजनिक गरिएको छ । वन एमबी प्लस नामक युट्यूब च्यानलबाट सो भिडियो सार्वजनिक भएको हो ।

पाण्डेकै शब्द , संगीत र स्वरमा रहेको उक्त गीतको म्युजिक भिडियो बीएस मेकर टिमले निर्माण गरेको हो भने सावन शर्माले भिडियोलाई निर्देशन गरेका हुन् । सिनेम्याट्रोग्राफी तथा सम्पादन विकास गुरुङले गरेका हुन भने भिडियोको मिक्सिङ तथा एरेन्ज अमृत ल्वागुनले गरेका छन् । आप्पिया म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा टिम युएसडी र केजी बी बोइजको अभिनय रहेको छ ।

पाण्डेले हरेक वर्ष शिवरात्री पर्वलाई लक्षित गरी म्युजिक भिडियो सार्वजनिक गर्दै आएका छन् । अघिल्लो वर्ष पाण्डेको शिव दाइको चिलिमलाई दर्शकले निकै रुचाएका थिए । अग्रज पत्रकार गिरिजा अधिकारीको शब्दमा रहेको ए सरकार, ए सरकार दुईमा संगीत भरेका छन् । उनले हाँसेकै छैन, झिमझिम झिमकाई परेली, बेबी आइलभयु, जुन भनुँ तिमिलाईलगायतका चर्तित गीतमा संगीत भरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप