यथास्थितिमा एमसीसी संसदबाट पारित हुँदैन : खनाल
सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले यथास्थितिमा एमसीसी संसदबाट पारित नहुने दावी गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहनु भएका खनालले सरकार छोड्ने विषयमा पार्टी भित्र कुनै छलफल नभएको पनि बताएका हुन् । शनिबार माओवादी केन्द्रका शिर्ष नेताहरुसँग छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमसीसीको मुद्दा कसरी टुंगिन्छ, सरकार छोड्ने वा नछोड्ने भन्ने विषय पनि त्यसैमा निर्भर रहने बताए ।
खनालले एमसीसी पारित गराउने र सत्तारुढ गठबन्धन पनि टुट्न नदिने मध्यमार्गी बाटोबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए । उनले सो बाटोको बारेमा कुन–कुन नेताबीच छलफल भएको हो भन्ने पनि आफूलाई थाहा नभएको बताए । खनालले भने, ‘एमसीसी यथास्थितिमा पास हुँदैन । हाम्रो अडान यो हो । यही अडानमा अहिले पनि हामी दृढतापूर्वक उभिएका छौं । सरकार छोड्ने बारेमा केही कुरा गरेका छैनौं । अव एमसीसीको मुद्धा कसरी टुंगिन्छ ? त्यसले धेरै कुराहरु निर्णय गर्छ । त्यसो हुनाले एमसीसीको मुद्दा अहिले पनि जारी छ । अहिले हामी पुरानै ग्राउण्डमा छौं । पत्रपत्रिका छापिएको कुरा मैले पनि पढेँ । अब कसकसले त्यो खोजेको हो ? त्यो खोजेको कुरा हामीसँग आइसकेको छैन, के के हुन मध्यमार्ग भनेर त्यो मध्यमार्गको कुरा हामीलाई थाहा हुँदैन । तर, दुईटा मार्ग छन । एस वा नो को मार्ग । हामी यथास्थितिमा नो भन्छौं । राष्ट्रको हितमा हुने गरी संशोधन गरिए एस भन्ने पक्षमा छौँ ।’ खनालले राष्ट्रिय हित अनुकूल हुने गरी एमसीसी सम्झौता परिमार्जन भएमात्रै आफूहरुले त्यसलाई संसदबाट पारित गराउन साथ दिन सक्ने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)