गोपी धरम र नवीन राजु जोडी डबल्स फाइनलमा
गोपीबहादुर भट्टराई र धरमसिंह लामिछानेको जोडीले नवीन श्रेष्ठ र राजु गुरुङको जोडीसँग पोखरामा जारी रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिताको डबल्सतर्फ उपाधिका लागि भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न डबल्सतर्फको सेमिफाइनल खेलहरूमा जित हासिल उनीहरूले उपाधिका लागि अन्तिम प्रतिस्पर्धा निश्चित गरेका हुन् ।
प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनलमा गोपी र धरम जोडीले लोक गुरुङ र राजन पौडेलको जोडीमाथि ६–४, ७–५ को नजित निकाल्दै फाइनलमा स्थान सुरक्षित पार्दा अर्को सेमिफाइनलमा नवीन श्रेष्ठ र राजु गुरुङको जोडीले नवीन चालिसे र शरण गुरुङको जोडीमाथि ६–४, ६–३ को सोझो सेटमा खेल आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान पक्का गरेका हुन् ।
रेवा पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत सिनियर भेट्रान्सको एकल उपाधिका लागि गोपीबहादुर भट्टराई र राजन पौडेलबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका फाइनल खेलहरू आइतबार बिहान हुने आयोजक संघले जनाएको छ ।
प्रतियोगितामा खुल्ला एकलतर्फका विजेताले नगद १५ हजार तथा दोस्रो हुनेले नगद ७ हजार ५ सय सहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । डबल्सतर्फ विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । नवप्रवेशितर्फका विजेता र उपविजेताले ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
-
आइजीपी कप : एपीएफ स्कूल कीर्तिपुर विजयी
-
अर्यालसहित एक दर्जन युवा एमालेमा प्रवेश
-
दुई दिनदेखि सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध
-
नक्कली भुटानी शरणार्थी प्रकरण : उच्चले थुनामै पठाएपछि बेचन झा पुगे सर्वोच्च
-
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि समितिमा छलफल सुरु