'एमसीसीका कारण देश नै द्वन्द्वमा जान सक्नेतर्फ बेलैमा सचेत बनौँ'
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीको विषय पर्यटन क्षेत्रमा पनि प्रवेश गरेको छ । नेपाल ट्रेकिङ ट्राभल्स र्याफ्टिङ, एयरलाइन्स, सांस्कृतिक, पुरातात्त्विक कार्गो, कुरियर श्रमिक युनियन यूनिट्राभको तेह्रौँ राष्ट्रिय अधिवेशनमा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले एमसीसीका कारण देश नै द्वन्द्वमा जान सक्नेतर्फ बेलैमा सचेत बनेर राजनीतिक नेतृत्वले उचित निर्णय लिनुपर्ने बताएका हुन् ।
उनले मुलुकलाई भड्काउन लागिपरेकाहरूप्रति सचेत बन्दै सार्वभौमिकता रक्षा, विकास एवं समृद्धिमा लाग्नुपर्ने बताए । यस्तै उपाध्यक्ष रिजालले पर्यटन क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रम लागु नगर्ने सामन्ती प्रवृत्ति हटाउनुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले योगदानमा आधारित सामाजिक सुरक्षामा ४५ अर्ब रुपैयाँ जम्मा भएको र त्यसप्रति सरकारले गिद्देनजर लगाइरहेको भन्ने विषय बाहिरिएको भन्दै श्रमिकको पसिना माथि आँखा नलगाउन चेतावनी दिए ।
उनले श्रमिकलाई प्रबिधिमैत्री बनाएर अगाडि बढ्न जिफन्टले जिफन्ट एप्स लञ्च गर्ने तयारी गरिरहेको र एप्समार्फत सबै श्रमिकको समस्या देशका जुनकुनै स्थानबाट समाधान गरिने बताए । कार्यक्रममा यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले दुई वर्षदेखि कोभिड पीडित बनेका पर्यटन श्रमिकलाई राज्यले नहेरेकोमा दुखेसो व्यक्त गरे । जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा रोजगारीसहित अन्य क्षेत्रमा चुनौति थपिएको भन्दै सामाजिक सुरक्षामा सबै श्रमिकलाई लैजाने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या