शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

भुटानसँग ६६ करोड रुपैयाँ व्यापार घाटा

शनिबार, १४ फागुन २०७८, १५ : ३५
शनिबार, १४ फागुन २०७८

चालू आर्थिक वर्ष २०७८/७९ को सात महिनाको अवधिमा भुटानसँग ६६ करोड ४४ लाख रुपैयाँ व्यापार घाटा भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भुटानसँगको व्यापारमा नेपालले उक्त घाटा ब्यहोरेको हो ।
साउनदेखि माघ महिनासम्मको अवधिमा नेपालबाट जम्मा १८ करोड ३४ लाख रुपैयाँको निर्यात भएको छ ।

यस्तै, भुटानबाट नेपालतर्फ ८४ करोड ७९ लाख रुपैयाँ आयात भएको छ । विभागले भुटानबाट हुने आयातको तुलनामा पर्याप्त निर्यात नहुँदा भुटानसँग व्यापारघाटा भइरहेको जानकारी दिएको हो । भुटानबाट नेपालतर्फ मुख्यगरी औद्योगिक कच्चा पदार्थ जिप्सम आयात हुने गरेको छ । यस अवधिमा मात्रै ८२ करोड १२ लाख रुपैयाँको जिप्सम आयात भएको विभागले जानकारी दिएको छ । यस्तै, नेपालबाट दालमोठ, तरल धातु, गार्मेन्ट, फुटवेयर लगायतका वस्तु निर्यात हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप