सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

यो साता ७१ अंकले घट्यो नेप्से, बजार पूँजीकरण पनि घट्यो

शनिबार, १४ फागुन २०७८, १३ : ४९
शनिबार, १४ फागुन २०७८

यो सातामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७१ अंकले घटेको छ । आइतबार २७३२ विन्दुबाट सुरू भएको नेप्से कारोबार बिहीबारसम्ममा ७१ अंकले घटेर २६६१ अंकमा आइपुगेको हो । नेप्से परिसूचकसँगै यो साता सेयर कारोबार रकम र सेयर खरिदबिक्री दर पनि खुम्चिएको छ ।

यो साता नेप्सेमा १७ अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत सातामा नेप्सेमा १८ अर्ब १५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । जुन, यो साताको भन्दा ४५ करोडले बढी हो । सेयर बजारमा लगातार आएको गिरावटसँगै नेप्सेको पूँजीकरण पनि घटेको छ ।

गत साता ३८ खर्ब ७० अर्ब रुपैयाँ रहेको पूँजीकरण १ खर्बले घट्दै ३७ खर्ब ६९ अर्ब रुपैयाँमा आइपुगेको छ । सातामा कारोबार भएका १३ मध्ये १२ समूहको सूचक घटेको छ । साताभरमा जलविद्युत समूहको सूचक ०.४० प्रतिशतले बढ्नु बाहेक अन्य समूहको सूचक बढ्न सकेन । सातामा जिवन बीमा समूहको सूचक सबैभन्दा धेरै ५.५६ प्रतिशतले घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप