शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

नागदहको सरसफाईमा जुटे स्थानीय व्यवसायी

शनिबार, १४ फागुन २०७८, १३ : १७
शनिबार, १४ फागुन २०७८

स्थानीय व्यवसायीको पहलमा नागदहको सरसफाई सुरु भएको छ । जलकुम्भी झारले दह कुरुप बन्दै गएपछि स्थानीय व्यवसायी सफाई अभियानमा जुटेका हुन् । स्थानीय व्यवसायी उमेश केसी नागदह सफाई गरेर आन्तरिक पर्यटकको चहलपहल बढाउने बताउँछन् । उनले भने,‘नागदहको सफाई लामो समयसम्म भएन । जलकुम्भीका कारण नागदहको सौन्दर्भमा असर पर्न थालेपछि हामी जुटेका हौं ।’ 

व्यवसायीले नागदहको जलकुम्भी चार दिनदेखि निकालिरहेका छन् । दुई जना मजदुरले डुंगाको सहायताले जलकुम्भी झार निकाल्न लगाइएको हो । उनका अनुसार नागदहको जलकुम्भी झार निकाल्न एक महिनाभन्दा बढी लाग्ने अवस्था छ । 

नागदह ढुंगा तथा स्थानीय पर्यटन व्यावसायी र नागदह सुधार समितिको संयोजनमा सरसफाई सुरु भएको हो । नागदहको सरसफाईका लागि बजेट नआएपछि आफूले जिम्मा लिएर सफाई गर्ने केसीले बताए । नजिकै सिजि हाउजिङले प्लटिङ गर्दा आएको माटोले नागदह पुरिने अवस्थामा पुगेको केसीले बताए । ललितपुर महानगर २४ वडाका वडाध्यक्ष दिनेश कार्कीले सहरी विकासको बजेटमा नागदह वरपर पर्खाल लगाउने काम भइरहेको पनि बताए । उनले भने, ‘नागदहको प्रवर्द्धनमा हामीले काम गरेका छौं ।’

केही समयअघि नागदहमा ढुंगा दुर्घटनापछि यस क्षेत्रमा पर्यटकीय गतिविधिमा कमी आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप