सशस्त्र प्रहरीद्वारा बारामा १० किलो चरेस बरामद
शनिबार, १४ फागुन २०७८, १२ : ५८
बारा स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ठुलो परिमाणमा लागु औषध चरेस बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बेनौलीबाट सई लिल बहादुर थापाको कमाण्डमा खटिएको गस्ती टोलीले पचरौता नगरपालिका ६ जमुनी नदी छेउबाट १० किलो लागु औषध चरेस बरामद गरेको हो ।
शनिवार बिहान साढे ९ बजे एक जना अपरिचित तस्करले मोटरसाइकल माथि २ वटा ग्यालनमा राखेर उक्त परिणाम बराबरको चरेस भारततर्फ लगिरहेका थिए । गस्ती टोलीलाई देख्न साथ उक्त तस्कर दुवै ग्यालेन त्यहीँ फालेर नेपालबाट भारततर्फ भागेको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख छिनमस्ता बाहिनिपती डिआईजी गणेश ठाडा मगरले रातोपाटीलाई जानकारी दिए । उक्त चरेसलाई आवश्यक कारबाहीको लागी नेपाल प्रहरी लाई बुझाउने प्रक्रिया भईरहेको सशस्त्र प्रहरी छिनमस्ता बाहिनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन