महालक्ष्मी विकास बैंकको २० औं साधारणसभा सम्पन्न, २१.०५२६ प्रतिशत लाभांश पारित
महालक्ष्मी विकास बैंकको स्थगित भएको २० औं वार्षिक साधारणसभा स्थगित भएको छ । यसअघि कम्पनीको स्थगित भएको साधारणसभा लगानीकर्तालाई २१.०५२६ प्रतिशत लाभांश पारित गर्दै सम्पन्न भएको हो ।
साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा समेत छलफल गरि पारित गरेको कम्पनीले बताएको छ । बैंकको लेखा परीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तको एनएफआरएस बमोजिमको वासलत, नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायत एकीकृत वित्तीय विवरणहरू छलफल गरेर स्वीकृत गरेको छ ।
यसैगरी वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट शेयर धनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर समेत पारित गरेको छ । यस्तै, बोनस सेयरमा लाग्ने १.०५२६ प्रतिशत नगद लाभांशको प्रस्ताव समेत पारित भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा मन्त्रालय स्थापनाको ३ वर्षपछि ऐन संशोधनको तयारी
-
आजको राशिफल : कुन राशिका लागि शुभ ?
-
नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
-
वातावरण पत्रकार समूहको अध्यक्षमा कार्की निर्वाचित
-
शुक्लाफाँटा निकुञ्जमा वयस्क पोथी हात्ती मृत फेला
-
मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना