थोत्रा गाडीले कुरुप बन्यो सरकारी कार्यालय परिसर (फोटोफिचर)
विभिन्न कामका लागि ल्याइएका महँगा गाडी बिग्रेपछि सरकारी कार्यालयका पार्किङमा थुप्रिएका छन् । मर्मत गरेर चलाउन सकिने अवस्थाका गाडी मर्मत नगरि नयाँ गाडी खरिद गर्ने र यसरी खरिद गर्दा कमिसन आउने लोभमा गाडी थन्क्याइन्छन् । सरकारी कार्यालयका परिसरमा मा वर्षौंदेखि सवारी साधन थन्किँदा कार्यालय थोत्रा गाडीका ग्यारेजजस्तै बनेका छन् ।
केही वर्षअघिसम्म सिंहदरबार परिसरमा बग्रेल्ती देखिने केही पुराना गाडी हटाइए पनि सिंहदरबार बाहिरका सरकारी कार्यालयमा पुराना गाडी अझैं देखिन्छन् । पार्किङ र खुला ठाउँमा राखिएका यस्ता गाडी झारपातले ढाकिएका छन् । कार्यालय परिसरको कुनामा थुप्रिएका धुलाम्मे साइकल, मोटरसाइकल र जीप कारले परैबाट जिस्काइरहेका जस्तो देखिन्छ । ती वर्षौंदेखि थन्किएका गाडि मक्किएर, सडेर काम नलाग्ने अवस्थामा पुगेका छन् ।
प्रस्तुत छ राजधानीका पुल्चोकस्थित सरकारी विभाग, कार्यालयहरु, बानेश्वरस्थित यातायात विभाग परिसर, सडक विभाग र सिंहदरबार परिसरमा थन्किएका गाडीका तस्बिर ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२४ मा भारतमा भित्रियो १ खर्ब २९ अर्ब डलर रेमिट्यान्स
-
विकासमा पनि राजनीतिकरण भयो
-
हचुवामा योजना छान्ने प्रवृत्ति
-
जयपुरमा केमिकल बोकेको ट्याङ्कर विष्फोट, ३० भन्दा बढी गाडीमा आगलागी, चार जनाको मृत्यु
-
आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
-
मुग्लिन–पोखरा सडक : पश्चिम खण्ड विस्तार गर्न दोस्रो पटक म्याद थप