युक्रेनमाथिको आक्रमण बन्द गर्न मानवअधिकार एलाइन्सको माग
रसियाद्वारा युक्रेनमाथि शुरु गरिएको सैन्य आक्रमणप्रति मानवअधिकार एलाइन्सले गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ । कुनै पनि देशको सार्वभौमसत्तामाथि धावा बोलिनु लोकतन्त्र र मानवअधिकार विरुद्ध हुन जाने र विश्वशान्ति मा नै खलल पुग्न जाने तर्फ सचेत रहन एलाइन्सले अपिल गरेको हो ।
अध्यक्ष मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि सार्वभौम मुलुकलाई छिन्नभिन्न बनाउन र देश नै नियन्त्रणमा लिन उद्यत रहनु संयुक्त राष्ट्रसंघको वडापत्र विपरित हुनजान्छ । यसर्थ मानवअधिकार एलाइन्स रसियाका राष्ट्रपति पुटिनसमक्ष युक्रेनमाथीको आक्रमण रोक्न माग गर्दछ र संवादमार्फत विवादको शान्तिपूर्ण समाधान खोज्न विश्व समुदायलाई अपिल गर्दछ । युद्धका नाममा निहत्था नागरिकले ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्न र विश्वशान्ति कायम गर्ने तर्फ संवेदनशील हुन मानवअधिकार एलाइन्स आग्रह गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु