बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने
लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने भएको छ । यस सडकखण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि यही २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द हुने डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालयका सव इन्जिनियर हरि श्रेष्ठले बताए ।
मनाङको नासोँ गाउँपालिका वडा नं ९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण गर्न लागिएको हो । त्यहाँ गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो । पछि पुनः काठेपुल राखेर यातायात सञ्चालनमा भएकोमा गत कात्तिकमा आएको बाढी पहिराले समेत काठेपुल बगाएको थियो । त्यसपछि राखिएको काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरी समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्ल्याभ कल्भर्ट निर्माण सुरु गर्न लागेको उनको भनाइ छ ।
मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजना अनुरुप वि.सं २०५१ बाट सडक डिभिजन कार्यालय दमौली तनहुँले बेँसीशहर चामे सडक निर्माण अघि बढाएको थियो । सो सडकको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानलाई हराउन नेपालले १०५ रन बनाउनुपर्ने
-
पीएल सिंहलाई अन्तिम श्रद्धाञ्जली, तस्बिरहरू
-
अर्थ समितिको बैठक मंगलबार ११ बजे बस्ने
-
दक्षिण कोरियामा यूनविरुद्धको महाभियोगमा सुनवाइ सुरु
-
न्युजिल्यान्डविरुद्धको तेस्रो टेस्ट क्रिकेट : भ्रमणकारी टोली इङ्ल्यान्ड हारतर्फ उन्मुख
-
डीआईजी अर्जुन चन्द अवकाशमा, ३ डीआईजी पद रिक्त