बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘पुष्पा’ लाई पछि छाड्दै ‘वलिमै’ लाई बम्पर ओपनिङ

सिनेमा घरबाहिर सडक जाम, पोस्टरलाई दूधले नुहाउँदै फ्यान
शनिबार, १४ फागुन २०७८, ०९ : १९
शनिबार, १४ फागुन २०७८

तेलुगु सुपरस्टार अजित र हुमा कुरेशी स्टारर 'वलिमै'लाई कोरोनाकालको सबैभन्दा ठूलो ओपनिङ प्राप्त भएको छ । चलचित्रले ६२.३६ करोड भारुको ओपनिङ गरेको छ । चलचित्रलाई दर्शकदेखि समीक्षकसम्मको सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ । 

अजितको यो चलचित्रले बक्स अफिसमा सबै रेकर्ड तोडेको छ । यसले तमिलनाडुमा मात्र पहिलो दिन ३६ करोड रुपैयाँ प्राप्त गरेको छ । उता चेन्नईमा १.८४ करोड रुपैयाँको ओपनिङ गरेको छ । चेन्नईमा पहिलो दिनमै यति धेरै आम्दानी गरेको अजितको यो पहिलो चलचित्र हो । 

कोरोनाकालमा रिलिज भएका साउथको चलचित्रले राम्रो ओपनिङ गरिरहेको छ । गत वर्ष १३ जनवरीमा रिलिज भएको मास्टरले पहिलो दिनमा ४२ करोड कमाएको थियो । ४ नोभेम्बरमा रिलिज भएको रजनीकान्तको चलचित्र 'अन्नाथे'ले तमिलनाडुमा ३४.९२ करोड रुपैयाँको ओपनिङ गरेको थियो । मोहनलालको 'मरक्करः लायन अफ द अरेबियन सी' ले पहिलो दिनमा ६ करोड रुपैयाँ कमाएको थियो । उता, अल्लू अर्जुनको ‘पुष्पाः द राइज स्टार’ ले ५२.५० करोड रुपैयाँको ओपनिङ गर्दै वर्षको सबैभन्दा सफल चलचित्र बनेको थियो ।

फिल्म र अजित कुमारलाई लिएर फ्यानहरूको क्रेज देख्न पाइएको छ । दक्षिण भारतका कयौँ सहरको सिनेमाघरको बाहिर सडकमा जाम लागेको छ भने फ्यानहरूले अजितको पोस्टरलाई दूधले नुहाएको भिडियो पनि बाहिर आएको छ ।

रिपोर्टका अनुसार अजितको ‘वलिमै’को थिएटट्रिकल राइट्स वैश्विक स्तरमा कूल ९६ करोड भारतीय रुपैयाँमा बिक्री गरेको थियो । त्यसबाहेक चलचित्रले स्याटेलाइट, डिजिटल प्ल्याटफर्म र संगीतको अधिकारबाट ६० करोड भारतीय रुपैयाँमा बिक्री गरेको थियो । यो चलचित्र एच विनोदको निर्देशनमा बनेको हो । चलचित्रमा अजित र हुमाबाहेक कार्तिकेय, योगी बाबू, सुमित्रा र पुगाजको मुख्य भूमिका रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप