एमसीसीको विरोध गर्ने पौडेललाई बाबुरामको जवाफ

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले पूर्व मुख्यसचिव तथा पूर्वराजदूत लीलामणि पौडेलको आलोचना गरेका छन् ।
उनले ‘जिम्मेवार मान्छेले भ्रमको आगोमा सत्यको पानी हाल्ने कि भ्रमको घिउ थप्ने ?’ भन्दै पौडेललाई प्रश्न गरेका छन् । ‘एउटा देशभक्तले सामरिक भूमरीमा फस्दै गएको देशलाई प्रतिस्पर्धी शक्तिहरू बीचमा गतिशील सन्तुलन कायम राखेर देशको स्वाधीनताको रक्षा गर्ने कि एउटा सामरिक धुरीमा ढल्केर द्वन्द्वको भुमरीलाई मलजल गर्ने ? सबै गम्भीर बनौँ ?’, उनले पौडेललाई कटाक्ष गर्दै भनेका छन् ।
पूर्वराजदूत पौडेलले एमसीसीमा रहेका राष्ट्रघाती सर्त मानेर स्वीकार गर्न नसकिने बताएका थिए । शुक्रबार काठमाडौमा एमसीसीबारे आयोजित खुला बहस कार्यक्रममा उनले एमसीसीमा रहेका सर्तहरू नेपाल सरकार र नेपालको संविधानभन्दा माथि रहने खालका भएकाले त्यसलाई स्वीकार गर्न नसक्ने पौडेलले बताएका थिए ।
उनले एमसीसीमा रहेका सर्त झिकेर दिए लिन तयार रहेको हालको एमसीसीको सम्झौतामा भूरणनीतिक स्वार्थ जोडिएको पनि बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
२०८२ सालका लागि चार नयाँ ‘पात्रो’ पञ्चाङ्गलाई स्वीकृति, कुल १८ पात्रो
-
प्रिमियर लिगमा तेस्रो स्थानको नटिङघमलाई सफलता
-
गुजरातको गर्जन कायमै, कोलकातालाई कष्ट
-
मर्स्याङ्दी जलविद्युत प्रभावित १९ परिवालाई मुआब्जा वितरण, प्रतिरोपनी एक करोड ८४ लाख
-
जुम्लामा आजदेखि दुई दिन हिमाली संवाद, कर्णालीको ८ जिल्लाका युवा सहभागी हुँदै