आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

शनिबार, १४ फागुन २०७८, ०८ : २९
शनिबार, १४ फागुन २०७८

 मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको मृत्यु भएको छ । वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौंको न्यूरो अस्पतालमा मृत्यु भएको हो । नेकपा माओवादी केन्द्रबाट जननिर्वाचित कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो ।

 रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका १२ छिन्चु बजार नजिक नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी घाइते भएका थिए । उनी सुर्खेतका निर्वाचित वडाअध्यक्षहरु मध्ये सबैभन्दा कान्छा वडा अध्यक्ष थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप