रुसले भिटो प्रयोग गरेर रोक्यो युक्रेनसम्बन्धी प्रस्ताव

संयुक्त राष्ट्रको सुरक्षा परिषद्मा युक्रेनसँग जोडिएको एक प्रस्तावलाई रुसले भिटो प्रयोग गरेर रोकेको छ । परिषद्मा रुसको आक्रमणलाई निन्दा गर्ने प्रस्तावको पक्षमा ११ सदस्य राष्ट्रले भोट गरेका थिए । तर रुसले स्थायी सदस्यको रुपमा आफ्नो भिटो प्रयोग गरेर त्यसलाई रोकेको हो । यसमा भारत, चीन र यूएईले भाग लिएन ।
संयुक्त राष्ट्रमा रुसी दूतले रुसले युक्रेन या युक्रेनको नागरिक विरुद्ध सैन्य कारबाही सुरु नगरेको र डोनबासका नागरिकको सुरक्षाका लागि आफूहरूले यो कदम उठाएको स्पष्ट पारेका थिए । सुरक्षा परिषद्मा भारतका प्रतिनिधि टीएस तिरुमुर्तिले युक्रेनको पछिल्लो घटनाक्रमबाट भारत चिन्तित रहेको बताउँदै हिंसा चाँडै नै अन्त्य गर्न आग्रह गरे ।
सुरक्षा परिषद्मा युक्रेनमाथि रुसको हमला रोक्न र सेना फिर्ता बोलाउनका लागि भोटिङ गरिएको थियो । रुस सुरक्षा परिषद्का पाँच स्थायी सदस्य मध्ये एक हो । उसँग भिटो प्रयोगको शक्ति रहेको छ । रुसका साथै अमेरिका, चीन, फ्रान्स र बेलायतसँग पनि यो शक्ति रहेको छ ।
संयुक्त राष्ट्रमा अमेरिकी राजदूत लिंडा थोमस ग्रीनफिल्डले रुसको कदमलाई प्राथमिक सिद्धान्तमाथिको हमला भएको बताएकी छन् । उनले रुसले भिटोको शक्तिको गलत प्रयोग गरेको बताइन् । उता, युक्रेनका राष्ट्रपछि वोलोदिमिर जेलेन्स्कीले परिषद्मा युक्रेनमाथिको हमलाको मुद्दा उठाएकोमा सदस्य राष्ट्रहरुलाई धन्यवाद दिएका छन् ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?