शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

५१ दलको निवेदन आयोगमा

मङ्गलबार, १० फागुन २०७८, २१ : ४०
मङ्गलबार, १० फागुन २०७८

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएका छन् ।

दलदर्ताका लागि तीन वटै पार्टीका निर्वाचन फाँट हेर्ने जिम्मेवारीमा रहेका नेतासहितका पदाधिकारी आयोग पुगेर निवेदन दिएका हुन् । स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि राष्ट्रिय मान्यता प्राप्त पाँचसहित ५१ राजनीतिक दलको निवेदन प्राप्त भइएकेको आयोगका प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप