आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भैरव पुरस्कार व्यङ्ग्यकार लुँइटेललाई

शुक्रबार, १३ फागुन २०७८, २२ : ०४
शुक्रबार, १३ फागुन २०७८

नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कारहरू शुक्रवार वितरण गरिएको छ । भैरव पुरस्कार गुठीले राजधानीमा एक कार्यक्रमकाबीच  व्यङ्ग्यकार नरनाथ लुँइटेललाई प्रदान गरिएको छ । गुठीका अध्यक्ष समेत रहेका वरिष्ठ साहित्यकार रोचक घिमिरेले पुरस्कार वितरण गरे  । पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । 

पहिलोपटक यसै वर्षबाट घोषणा गरिएको भैरव वाङ्‍मय पुरस्कार संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरियो । १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको यो पुरस्कार नेपाली कला, साहित्य, संस्कृति, सङ्गीत, पत्रकारिता लगायतको क्षेत्रमा विशिष्ट योगदान दिने जो कोहीलाई अब वर्षेनी प्रदान गरिने गुठीका अध्यक्ष घिमिरले जानकारी दिए ।

त्यस्तै ५१ हजार १ सय ११ रुपैया राशिको भैरव प्रतिभा पुरस्कार साहित्यकार विमल भौकाजीलाई प्रदान गरियो । कार्यक्रममा श्रीओम श्रेष्ठ रोदन, डा.रमेश शुभेच्छुक र दिव्य गिरीले, पूर्वमन्त्री तथा प्रदेश संसद रामेश्वर फुयाल,  गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसे वरिष्ठ पत्रकार तथा गुठीका उपाध्यक्ष विजय चालिसे, गुठीका सचिव वसन्त रिजाल, प्राडा. दीपक अर्याल, गोपाल बराल, उद्धव रायमाझी लगायतका ब्यक्तिको उपस्थिति रहेको थियो ।

यसैबीच गुठीको आजै सम्पन्न साधारणसभाले रोचक घिमिरेको अध्यक्षतामा गुठीको नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । गुठीको उपाध्यक्षमा विजय चालिसे, सचिवमा वसन्त रिजाल र कोषाध्यक्षमा अजित नेपाल रहेका छन् । त्यस्तै सदस्यहरूमा बद्री अर्याल, रश्मी शर्मा, गोपाल बराल, प्राडा. दीपक अर्याल, उद्धव रायमाझी, गोविन्द घिमिरे ‘वेदमणि’, मेनका पोखरेल, घनश्याम प्रसाई र निर्मल अर्याल रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप