दुई अनलाइन प्रेस काउन्सिलको कालोसूचीमा

प्रेस काउन्सिलले पत्रकारिताको आचारसंहिता प्रतिकूल हुने गरी समाचार सामग्री सम्प्रेषण गरेको भन्दै दुई अनलाइन समाचार पोर्टललाई कालोसूचीमा राखेको छ । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालका अनुसार नेपाल आज डट कम र सगरमाथा खबर डट कमलाई कालोसूचीमा राखिएको छ ।
काउन्सिलले २०७८ साउनदेखि २०७८ फागुन १२ गतेसम्म विभिन्न मिडियाविरुद्ध १३२ वटा उजुरी परेका थिए । यस्तै, आठवटा जनगुनासा दर्ता भएकामा हालसम्म ८१ उजुरी र चारवटा जनगुनासा फछ्र्योट भएका छन् । यस अवधिमा भएका १७१ वटा स्वअनुगमन सामग्रीमध्ये १४९ वटा फछ्र्योट भएका छन् । त्यस्तै, ४० उजुरी र ६८ स्वअनुगमनका आधारमा १०८ वटा दर्ता सूचीकरण नभएका बेवपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था गरिएको छ । यसबीचमा दुई सञ्चारमाध्यम अवज्ञाकारी सूचीमा परेको प्रवक्ता खनालले जानकारी दिए ।
एकपक्षीयरूपमा सामग्री प्रकाशित गरेको, व्यक्तिगत चरित्र हत्या गरेको, पत्रकारिता न्यूनतम मूल्य, मान्यता, मर्यादा र सीमाभन्दा बाहिर गई पत्रकारिता पेसाको चरम दुरुपयोग गर्दै आएको देखिएको र ब्ल्याकमेलिङ गरी आफ्ना माग पूरा नभए बिनाआधार चरित्र हत्या गर्ने गरेको भनी मौखिक एवम् लिखित गुनासासमेत आएको थियो ।
काउन्सिलका अनुसार नेपाल आज डट कमले विगत दुई वर्षदेखि व्यक्तिगत जीवनमा आँच आउने गरी कार्यालयको ल्याण्ड लाइनबाट पटक पटक फोन गरी हैरानी दिने गरेको आरोपसहित महिला पत्रकारबाट परेकासहित विभिन्न छ उजुरी र काउन्सिलको स्वअनुगमनबाट देखिएका आचारसंहिता उल्लङ्घनका विषयमा सम्बन्धित पक्षको भनाइलाई सम्बोधन गरी खण्डन तोडमरोड गरेर पुनः समाचार बनाइ प्रकाशन गरेको पाइएको छ ।
उक्त समाचार अनलाइनले गलत र अपुष्ट स्रोतको हवाला दिँदै सिलसिलेवार रूपमा प्रायोजित एवं एकपक्षीय सामग्री सम्प्रेषण गर्ने गरेको, व्यक्तिगत चरित्र हत्या हुने प्रकारको पत्रकारिताको न्यूनतम मूल्य, मान्यता, मर्यादा र सीमाभन्दा बाहिर गई पत्रकारिता पेसाको चरम दुरुपयोग गर्दै आएको देखिएको काउन्सिलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार
-
बीवाईडी हाई–टेक विकमा पुगे चिनियाँ राजदूत
-
कर्णालीमा मुख्यमन्त्रीसँग सत्तारुढ दल कांग्रेस फेरि असन्तुष्ट
-
इन्डियन प्रिमियर लिग क्रिकेट : इङ्ल्यान्डका पूर्वकप्तान केभिन पिटर्सन दिल्ली क्यापिटल्सको मेन्टर
-
इलाममा गुन्जँदै कन्दरा
-
महाकुम्भमा कसरी गणना गरिएको थियो करोडौँ मान्छेको भीड ?