बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री श्रेष्ठद्वारा लालपूर्जा वितरण

शुक्रबार, १३ फागुन २०७८, २१ : ३९
शुक्रबार, १३ फागुन २०७८

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुनसरीको भोटेकोशी गाउँपालिकामा रहेको गाउँब्लकका २८ घर परिवारलाई लालपुर्जा वितरण गरेकी छन् । मन्त्री श्रेष्ठले शुक्रबार ती घरपरिवारलाई लालपुर्जा वितरण गरेकी हुन् ।

लालपूर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अब जिल्लाका सबै गाउँब्लकमा लालपूर्जा वितरण प्रक्रिया अघि बढाइने बताइन् । मन्त्री श्रेष्ठले गाउँब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियानमा भूमि भएर पनि भूमि विहिन बनिरहेकाहरु कोही पनि छुट्न नहुनेमा जोड  दिइन् । 

उनले लालपूूर्जा नहुँदा नागरिकता समेत नपाई राज्यबाट प्राप्त गर्ने अधिकार प्राप्त गर्न नसकिरहेको अवस्था समाधान गर्न लालपूर्जा पाएपछि सहज हुने विश्वास समेत व्यक्त गरिन् । मन्त्री श्रेष्ठले संविधानमा भएको व्यवस्थाअनुसार भूमिहिन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगको २८ वटा जिल्ला आयोग समेत गठन गरेर त्यसलाई पूर्णता दिने काममा आफु लागिरहेको बताइन् ।

उनले हरुवा चरुवाको रोजगारीको हकको कार्यान्वयनका लागि युवा तथा उनीहरुका सन्तानलाई विशेष नापीको तालिम दिएर रोजगारी दिलाउने प्रक्रिया समेत अगाडि बढाइसकेको जानकारी दिइन् । मन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म गाउँब्लकका १४ हजार भन्दाबढी घरपरिवारलाई लालपूर्जा वितरण गरेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप