अदालतमा स्वचालित पेसी लागू गर्न सुझाव
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष सर्वोच्च अदालतसहित देशभरका अदालतमा स्वचालित पेसी (अटोमेसन) लागू गर्न सुझावसहितको प्रतिवेदन पेस गरिएको छ ।
कामु प्रधानन्यायाधीश कार्कीलाई आज न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा बनेको समितिले तयार गरेको सुझाव सहितको प्रतिवेदनमा सर्वोच्च अदालतमा अटोमेसन लागू नभएसम्म गोलाप्रथाद्वारा पेसी तोकिँदै आएको छ । न्यायाधीश कार्कीकै संयोजकत्वमा रहेको विकृतिविहीन न्यायालय अध्ययन प्रतिवेदनमा सर्वोच्च अदालतमा पेसी तोक्ने कार्यबाटै भ्रष्टाचार सुरु हुने उल्लेख थियो । उक्त प्रतिवेदनमै पेसी तोक्ने अधिकार प्रधानन्यायाधीशबाट झिकेर अटोमेसनमा लैजानुपर्ने उल्लेख थियो ।
प्रधानन्यायाधीशको २०७७ साउन २७ को निर्णयानुसार स्वचालित पेसी व्यवस्थापनका सम्बन्धमा यसअघि भएका अध्ययन प्रतिवेदनसमेतको अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यादेशसहित समिति गठन भएको थियो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आज उक्त प्रतिवेदन कामु प्रधानन्यायाधीशसमक्ष पेस भएको र सुझावमा सर्वोच्च अदालतको पूर्ण बैठक बसेर छिटै अटोमेसनमा प्रणालीमा पेसी व्यवस्थापन गर्नुपर्ने रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी