बालकोट वार्तामा देउवा-ओलीसहित को को छन् सहभागी?
शुक्रबार, १३ फागुन २०७८, १९ : ३९
प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । शुक्रबार साँझ बालकोट पुगेका देउवा र ओलीसहित दुई पार्टीका नेताहरुको बैठक बसिरहेको छ । काँग्रेस सभापति समेत रहेका देउवा पार्टी उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई साथमा लिएर बालकोट पुगेका छन् । यस्तै एमालेबाट ओलीसहित शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायत सहभागी छन् ।
सत्ता सहयात्रीहरू नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँग दिनभर जसो छलफल गरेका प्रधानमन्त्री देउवा पार्टीको आन्तरिक छलफल सकिएपछि ओलीलाई भेट्न पुगेका बालकोट पुगेका हुन् । एमसीसीका कारण पछिल्लो केही दिन यता देशको राजनीति तरंगित भएको छ भने दलहरुमा तिव्र ध्रुवीकरण देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण