जसपाको बैठकमा एमसीसीको सम्झौतापत्र वितरण

जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको बैठकमा एमसीसीबारे शनिबार छलफल हुने भएको छ। शुक्रबारको बैठकमा एमसीसी सम्झौता पत्र नेताहरुलाई वितरण गरिएको र यसबारे शनिबार छलफल हुने नेता ईस्तियाक राईले जानकारी दिए । वितरण गरिएको सम्झौता पत्र अध्ययन गरेर शनिबारको बैठकमा धारणा राख्न सदस्यहरुलाई निर्देशन दिइएको छ । त्यसका लागि शनिबार मध्यान्ह १२ बजेका लागि बैठक राखिएको छ । यस्तै शुक्रबारको बैठकमा स्थानीय तह निर्वाचनका लागि पार्टी दर्ता गराउने निर्णय पनि भएको छ।
बैठकमा १२ वटा एजेण्डा प्रस्तुत भएको छ । पार्टीका कार्यालय सचिव प्रकाश अधिकारीका अनुसार स्थानीय तहको निर्वाचन, एमसीसी, समसामयिक राजनीतिक अवस्था, कार्यकारिणीलाई पूर्णता, केन्द्रीय समितिको कार्यविभाजन, नेतृत्व प्रणाली, विधान अधिवेशन, सुज अभियान, सरकारमा सहभागी मन्त्रीहरुको कार्य समिति, केन्द्रीय समिति र संघीय परिषद्को बैठकलगायतको एजेण्डा तय गरेर छलफल सुरु भएको हो ।
यसअघि बैठक औपचारिक रुपमा सुरु हुनुअघि पक्ष विपक्षमा चर्काचर्की भएको थियो । ग्वार्कोको एक होटलमा बसेको बैठकमा एजेण्डा प्रस्तुत नहुँदै नेताहरुले आ–आफ्ना कुरा पक्ष र विपक्षमा राख्न थालेका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरुले संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईको कमीकमजोरी देखाई आलोचना गरेका थिए भने अध्यक्ष पक्षका नेताहरुले अध्यक्ष यादवको कमीकमजोरी देखाइ आलोचना गर्न लागिपरेका थिए ।
यस्तै अन्तिम समयसम्म बैठकस्थलको विषयमा स्थान प्रष्ट नपारिएको विषयमा पनि नेताहरुले आक्रोश पोखेका थिए । बैठक अन्तिम समयमा मात्रै ग्वार्कोस्थित ईन्द्रेणी कम्प्लेक्समा बस्ने भनेर नेताहरुलाई खबर गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?