शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

भन्सार छलि ल्याउँदै गरेको करिव साढे तीन करोडको सामान बरामद

शुक्रबार, १३ फागुन २०७८, १८ : ३३
शुक्रबार, १३ फागुन २०७८

चितवनको खैरहनी नगरपालिका–८ मा अवैध रुपमा भन्सार छली गरी ल्याउँदै गरिएको ३ करोड ४९ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ । भन्सार छलि गरी ल्याइएका सामानसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुले चार वटा ट्रकमा भन्सार छलि गरी कपडा, फलामको छड र भाँडावर्तन ल्याएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जना ट्रक चालक रहेका छन् । पर्सा वीरगन्जबाट भन्सार छलि लत्ता कपडाहरु लगायत अन्य सामानहरु ल्याएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले चार वटा ट्रक जाँच गर्दा ती सामान भेटिएको हो । 

बरामद मालसामान, ४ वटै ट्रक र चालकहरूलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पठाईएको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप