कोरोनाबाट मृत्यु हुने ६०–६९ वर्ष समूहका बढी
विश्वव्यापी महामारीका रूपमा देखापरेका कोभिड–१९ सङ्क्रमणबाट नेपालमा झण्डै १२ हजारले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार कोरोना सङ्क्रमणबाट ११ हजार ९३२ जनाको ज्यान गएको छ ।
कोरोनाको विभिन्न ‘भेरियन्ट’मध्ये डेल्टा भेरियन्टका कारण नेपालमा धेरै नागरिकको मृत्यु भएको थियो । पछिल्लो समय फैलिएको ‘ओमिक्रोन’ भेरियन्ट बढी सङ्क्रामक देखिए पनि कम घातक पाइएको चिकित्सकको भनाइ छ ।
पछिल्लो २४ घन्टामा थप एक जनाको कोरोनाका कारण मुत्यु भएको छ । नेपालमा कुल सङ्क्रमितको १.२ प्रतिशतको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
नेपालमा कोरोनाबाट सबैभन्दा बढी ६० देखि ६९ वर्ष उमेर समूहका व्यक्तिले ज्यान गुमाएका छन् । सो उमेर समूहका दुई हजार ५०१ को सङ्क्रमणका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ । यस्तै ७० देखि ७९ वर्ष उमेर समूहका दुई हजार ३७५, ५० देखि ५९ वर्ष उमेर समूहका दुई हजार २९३ र ४० देखि ४० वर्ष उमेर समूहका एक हजार ६६३ जनाले ज्यान गुमाएका छन् ।
यस्तै ८० वर्षभन्दा माथि उमेर समूहका एक हजार ६३७, ३० देखि ३९ वर्ष उमेर समूहका ९३६, २० देखि २९ वर्ष उमेर समूहका ३७९, नौ वर्ष मुनिका ५१ र उमेर नखुलेका १३ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा आठ हजार ६२८ नमूना परीक्षण गर्दा २७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ४५२ नमुनाको पिसीआर परीक्षण गर्दा १५८ र तीन हजार १७६ नमुनाको एन्टिजेन परीक्षणमा ११७ वटामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
आज ५५५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म नौ लाख ५५ हजार ४५८ जना कोरोनामुक्त भएको मन्त्रालयको तथ्याङ्क छ । सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार २८० छ । शुक्रबार देशभरका खोप केन्द्रमार्फत एक लाख २२ हजार ४९३ ले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
हालसम्म १० लाख ५६ हजार ७७२ ले कोरोनाविरुद्धको ‘बुस्टर डोज’ लगाएका छन् । नेपालमा एक करोड ७३ लाख छ हजार ६४२ पूर्ण मात्रा, एक करोड ८४ लाख ५० हजार ७०९ पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कँदै
-
रौतहटमा १ वर्षमा मानव अधिकार उल्लंघनका ५६५ घटना
-
चुरियामाई सुरुङ जीर्णोद्धारपछि सर्वसाधारणका लागि आज खुल्दै
-
किताब बेचेरै भए पनि कृषि औजार उत्पादन गर्ने महावीर पुनको धोको
-
भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ
-
परीक्षणकालमै अल्झियो कृषि औजार कारखाना