आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

शिवम् सिमेन्टका कार्यकारी अध्यक्ष गोयललाई ईआइयूको मानार्थ विद्यावारिधि

शुक्रबार, १३ फागुन २०७८, १८ : ००
शुक्रबार, १३ फागुन २०७८

शिवम् सिमेन्ट लिमिटेडका कार्यकारी अध्यक्ष डा. सुरेन्द्रकुमार गोयललाई यूरोपेली अन्तरराष्ट्रिय विश्वविद्यालय (ईआइयू) ले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । फ्रान्सको पेरिसस्थित सो विश्वविद्यालयले गोयललाई ‘प्रोफेसनल डक्टोरल सर्टिफिकेट इन बिजनेश म्यानेजमेन्ट’ मानार्थ विद्यावारिधि प्रदान गरेको हो । 

कुशल व्यवस्थापन र व्यवसायिक क्षेत्रमा पुर्‍याएको योगदान मूल्याङ्कन गर्दै गोयललाई सो विश्वविद्यालयले आज (शुक्रबार) थाइल्याण्डमा आयोजित एक समारोहबीच प्रोफेसनल डक्टोरल सर्टिफिकेट प्रदान गरेको छ । गोयल स्थापनाकालदेखि नै शिवम् सिमेन्ट लिमिटेडमा आबद्ध छन् ।

शिवम् सिमेन्टलाई छोटो समयमा ग्राहकमाझ लोकप्रिय ब्राण्ड बनाउन गोयल सफल देखिएका छन् । उनको व्यवस्थापन र कार्यदक्षताका कारण नेपालको उत्कृष्ट एवम् गुणस्तरीय ब्राण्ड बन्न सकेको शिवम् सिमेन्टले जनाएको छ । शिवम् सिमेन्टले सर्वसाधारणमा पनि शेयर जारी गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप