प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान नियमावली–२०७८ स्वीकृत
शुक्रबार, १३ फागुन २०७८, १७ : ४६
प्रदेश १ को सरकारले प्रदेश मन्त्रालय र यसअन्तर्गतका निकायको संगठन, संरचना एवं दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको स्वास्थ्यमन्त्री जयराम यादवले जानकारी दिए । उनका अनुसार बैठकले वडाको सङ्ख्या र सिमाना हेरफेरसम्बन्धी स्थानीय तहको प्रस्ताव स्वीकृत गरी नेपाल सरकारमा सिफारिस गर्ने तथा प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान नियमावली–२०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक