ए डिभिजन लिग : जाउलाखेल र सङ्कटाको खेल बराबरीमा टुङ्गियो

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको जाउलाखेल युथ क्लब र संकटा क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको आफ्नो अन्तिम खेलमा जाउखेल र सङ्कटाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । जावलाखेलका लागि सुनिल खड्काले गोल गर्दा सङ्कटाका लागि भने उत्तम राईले बराबरी गोल फर्काए ।
खेलको १४ औँ मिनेटमा सुनिल खड्काले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका हुन् । त्यस्तै खेलको ६१ औँ मिनेटमा उत्तम राईले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । सङ्कटाले लिगमा १३ खेलबाट ३ जीत, ७ बराबरी र ३ हारसहित १६ अङ्क जोड्यो । यता जावलाखेलले १३ खेलबाट ३ जित, ५ बराबरी र ५ हारसहित १४ अङ्क जोड्यो ।
थ्री स्टार र ब्रिगेड ब्वाइजको बराबरी
त्यसैगरी सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आजै भएको अर्को खेलमा थ्री स्टार क्लब र ब्रिगेड ब्वाइज क्लबवीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।
खेलमा पहिलो अग्रता भने ब्रिगेड ब्वाइजले लियो । खेलको ५६औँ मिनेटमा प्रशान्त तामाङले गोल गर्दै ब्रिगेडलाई पहिलो अग्रता दिलाएका थिए । त्यस्तै खेलको दोस्रो हाफको अतिरिक्त समयमा थ्रीस्टारका डोना थापाले गोल गरेपछि खेल एक÷एक गोलको बराबरीमा सकियो । यस बराबरीसँगै थ्रीस्टारले १३ खेलमा १९ अङ्क जोडेको छ । ब्रिगेड व्वाइजले १३ खेलमा ८ अङ्क जोड्यो । यस सिजको लिगमा ब्रिगेड ब्वाइज रेलिगेसनमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुलाकी सडकले सुगम बन्यो नरैनापुर
-
राजनराज र मेलिनाको स्वर रहेको गीत ‘खोली तिरैमा’ सार्वजनिक
-
महिला टी–२० विश्वकप छनोटमा नेपालले बहराइनलाई हरायो
-
भारतले भन्यो - पश्चिमी सीमामा ड्रोन आक्रमण गरियो
-
अवसरवादीले आफूविरुद्ध भ्रम छर्ने काम गरेको प्रचण्डको आरोप
-
स्वच्छ हावाको लागि ध्यानाकर्षण गर्न टुँडिखेलमा मानव साङ्लो (तस्बिरहरू)