जसपा बैठक : १२ एजेण्डामा छलफल
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले १२ वटा एजेण्डामा छलफल सुरु गरेको छ । पार्टीको कार्यकारिणी समितिको शुक्रबारदेखि सुरु बैठकका लागि विभिन्न १२ वटा एजेण्डा पेश भएको पार्टीका कार्यालय सचिव प्रकाश अधिकारीले बताए ।
उनका अनुसार बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी, समसामयिक राजनीतिक अवस्था, कार्यकारिणीलाई पूर्णता, केन्द्रीय समितिको कार्यविभाजन, नेतृत्व प्रणाली, विधान अधिवेशन, सुज अभियान, सरकारमा सहभागी मन्त्रीहरुको कार्य समिति, केन्द्रीय समिति र संघीय परिषद्को बैठकलगायतको एजेण्डा तय गरेर छलफल सुरु भएको छ ।
यसअघि बैठक औपचारिक रुपमा सुरु हुनुअघि पक्ष विपक्षमा चर्काचर्की भएको थियो । ग्वार्कोको एक होटलमा बसेको बैठकमा एजेण्डा प्रस्तुत नहुँदै नेताहरुले आ–आफ्ना कुरा पक्ष र विपक्षमा राख्न थालेका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरुले संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईको कमीकमजोरी देखाई आलोचना गरेका थिए भने अध्यक्ष पक्षका नेताहरुले अध्यक्ष यादवको कमीकमजोरी देखाइ आलोचना गर्न लागिपरेका थिए । यही विषयमा दुबै पक्षबीच चर्काचर्की भइरहेको एक नेताको भनाइ छ ।
तर अधिकारीले भने नेताहरुले कुरा राख्दा आवाज केही ‘लाउड्ली’ मात्रै भएको प्रतिकृया दिए । ‘एजेण्डालगायतको विषयमा अनौपचारिक छलफल चल्दा नेताहरुले केही कुरा राख्दा बाहिर त्यस्तो सुनिएको हो तर बैठकमा कुनै चर्काचर्की भएको होइन’, उनको भनाइ छ ।
उनका अनुसार बैठकमा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले चलाएको हस्ताक्षर अभियानको बारेमा पनि छलफल हुनेछ । उनले अध्यक्षको लागि पार्टीमा देखिएको विवादको बारेमा पनि छलफल हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण