सचिवमा जिते सबको मन छुने गरी काम गर्छु : नृप सुनार
शुक्रबार, १३ फागुन २०७८, १६ : ३०
नेपाली काँग्रेस कैलालीको सचिव पदका उम्मेदवार नृप सुनारले आफ्नो उम्मेदवारी पार्टीको सुदृढीकरण लागि भएको बताएका छन् । शनिबार हुने काँग्रेसको जिल्ला अधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका सुनारले आफूले जिते सबैको मन जित्ने गरी काम गर्ने बताए ।
उनले निर्वाचन पार्टीको आन्तरिक प्रतिस्पर्धा भएको भन्दै यसले कार्यकर्ता व्यवस्थापनमा ठूलो भूमिका खेल्ने बताए । ‘यो अधिवेशन पार्टीको आन्तरिक प्रतिस्पर्धा हो । यसले कार्यकर्ता व्यवस्थापन गर्छ । धेरैले काम र जिम्मेवारी पाउछन्,’ उनले भने, ‘अधिवेशनलाई जित्ने र हार्ने मात्र नभएर साथीहरूबीच राम्रो सम्बन्ध बनाउन पनि हो । मैले भनिरहेको छु सोच बदलौँ, काँग्रेस बदलिन्छ ।’
उनले जिल्ला अधिवेशनबाट तीन तहको निर्वाचनमा जुट्ने संकल्प गर्नुपर्ने र निर्वाचनमा काँग्रेसलाई जिताउन लाग्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा सहित एक जना पक्राउ
-
कीर्तिपुरमा विरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी
-
‘बीबीए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित
-
२४ वटा जङ्गली हात्तीले आतंक मच्चायो