शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

देउवासँगको भेटलगत्तै माधव नेपाल आन्तरिक छलफलमा

शुक्रबार, १३ फागुन २०७८, १५ : ३३
शुक्रबार, १३ फागुन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटलगत्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आन्तरिक छलफलमा जुटेका छन् । देउवासँगको भेटलगत्तै अध्यक्ष नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा शीर्ष नेताहरूसँग  अनौपचारिक छलफलमा जुटेका हुन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल चलिरहेको एकीकृत समाजवादीको संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । एकीकृत समाजवादीले संसदमा एमसीसीको विपक्षमा उभिने बताउँदै आएको छ । 

शुक्रबार बिहान धनगढीबाट काठमाडौं आएलगत्तै अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर छलफल गरेका थिए । बालुवाटारबाट फर्केपछि नेपालले आफ्नै पार्टीका शीर्ष नेताहरूसँग छलफल थालेका हुन् । प्रधानमन्त्री देउवाले एमालेको समर्थनमा भएपनि एमसीसी संसदबाट अनुमोदन गर्ने प्रयास गरेका छन् ।

एकीकृत समाजवादी र माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिँदा सत्तारुढ गठबन्धन टुट्ने खतरा बढेको छ । एमसीसीको विपक्षमा उभिने एकीकृत समाजवादीको निर्णयलाई पुनर्विचार गर्न काँग्रेसले आग्रह गरेको चर्चा भइरहेका बेला अध्यक्ष नेपालले देउवासँग छलफल सकेर आफ्नै पार्टीका शीर्ष नेतासँग छलफल गरिरहेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप