लमजुङमा १२३ मतदानस्थल

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लमजुङमा १२३ मतदानस्थल तय गरिएको छ । चार नगरपालिका र चार गाउँपालिकामा उक्त सङ्ख्यामा मतदानस्थल तय गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रका अनुसार चार नगरपालिकामा ६७ मतदानस्थल र चार गाउँपालिकामा ५६ मतदानस्थल तोकिएको छ । यीमध्ये नगरपालिकातर्फ मध्य नेपालमा १८, सुन्दर बजारमा १६, राइनासमा १२ र बेँसीसहरमा २१ वटा मतदानस्थल रहेको छ ।
त्यस्तै गाउँपालिकातर्फ दूधपोखरी र क्व्होलासोथरमा १०/१०, दोर्दीमा १६ र मर्स्याङ्दीमा २० मतदानस्थल रहेको जनाइएको छ । कार्यालयले स्थानीय तहको चुनावका लागि तयारी अघि बढाउँदै लगेको छ । जिल्ला निर्वाचन अधिकारी मिश्रले भने, ‘यही फागुन २० देखि २६ गतेसम्म दाबी विरोध कार्यक्रम वडावडामा हुनेछ । २० देखि २४ गतेसम्म नाम हटाउने, सच्याउने, उजुरी दिन पाइनेछन् भने २५ र २६ गते आन्तरिक काम गरेर २६ गते निर्वाचन आयोगमा पठाइने छ ।’
अघिल्लो निर्वाचन अर्थात् विसं २०७४ वैशाख ३१ गते भएको निर्वाचनमा जिल्लामा कूल एक लाख पाँच हजार ९९२ मतदाता थिए । वि.सं २०७७ पुस ५ मा प्रकाशित नामावालीमा एक लाख २२ हजार ८०६ जना रहेकामा सङ्ख्या बढ्दै जाने क्रममा अहिले नौ हजार ६६० मतदाता थपिएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिडियो विवादित भएपछि सुरवीरले मागे माफी
-
कान्सको मार्केटमा नेपाली फिल्म ‘एक्लो’
-
५२ संवैधानिक नियुक्तिविरूद्धको रिट हेर्दाहेर्दैमा
-
दुई दशकपछि नेपथ्यले ल्यायो कर्णालीको गीत
-
‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’ का चार विजेता घोषित
-
सहमति अनुसार शिक्षा ऐन नआए राहत शिक्षकहरूले ‘गर या मर’ को आन्दोलन गर्ने