रुसको सुरुमा राजधानी किभ र त्यसपछि पूरा युक्रेन कब्जा गर्ने योजना : रिपोर्ट
रुसले सुरुमा युक्रेनको राजधानी किभ र त्यसपछि पूरा देशलाई नियन्त्रणमा लिने योजना बनाइरहेको एक रिपोर्टले खुलासा गरेको छ ।
युक्रेनमा काउन्टर इन्टेलिजेन्सको एउटा स्रोतले युक्रेनस्का प्रावदा वेबसाइटलाई यस्तो जानकारी दिएको छ ।
यो स्रोतले रुसको योजनाबारे सबिस्तार बताएको छ । यद्यपि, यसको पुष्टि हुन सकेको छैन ।
तर वेबसाइटले स्रोतलाई उद्धृत गर्दै रुसको यस्तो योजना भएको बताएको छ –
राजधानी किवको प्रमुख हवाई अड्डा र एयर ट्राफिक कन्ट्रोलमा कब्जा गर्नु, सीमामा हमला गर्दै युक्रेनी सैनिकको ध्यान भड्काउनु र १० हजार सैनिकलाई राजधानीमा उतार्नु ।
किभमा बिजुली र सञ्चारका साधनलाई विफल पार्नु ताकि अव्यवस्था फैलियोस् ।
युक्रेनका सैनिक यताउता जान नपाउन्, यसका लागि शरणार्थीलाई पलायनका लागि उक्साउनु
सरकारी भवन, मन्त्रीमण्डल र संसदमा कब्जा गर्नु र देशको नेतृत्वलाई रुसको शर्तमा सम्झौतामाथि दस्तखतका लागि बाध्य पारिनु
रुस समर्थक नेतालाई ल्याउनु र युक्रेनको पूर्वी र पश्चिमी जर्मनीजस्तै दुई भागमा विभाजन गर्नु ।
तर बीबीसीले यसको पुष्टि हुन नसकेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
-
एकीकृत समाजवादीले आज नेताहरूको जिम्मेवारी तोक्ने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
-
म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो