काँग्रेस धनुषाको अधिवेशन २३ गते

नेपाली काँग्रेस धनुषाको जिल्ला अधिवेशन फागुन २३ मा गर्ने निर्णय भएको छ । जनकपुरधामस्थित काँग्रेस धनुषाको बसेको बैठकले जिल्ला अधिवेशन फागुन २३ मा गर्ने निर्णय गरेको हो ।
मधेस प्रदेशलगायत विभिन्न १६ जिल्लामा हुन बाँकी रहेको जिल्ला अधिवेशनको मिति पटक–पटक सर्दै आएको छ । पछिल्लो पटक फागुन १५ मा हुने भनिएको जिल्ला अधिवेशन विभिन्न कारण देखाउँदै २० गतेलाई सारिएको जानकारीसहित पत्र काँग्रेस केन्द्रीय कार्यसमितिले पठाएको छ । तर केन्द्रीय समितिले तोकेको मितिमा जिल्ला अधिवेशन गर्न प्राविधिक समस्या रहेकाले जिल्लाको बैठक बसेर मिति निर्धारण गरिएको सभापति महेशशंकर गिरीले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्यहरु एमसीसीको विषयमा १६ गते सदनमा हुने छलफलमा सहभागी हुने तथा १९ गते मिथिलाको महत्वपूर्ण धार्मिक पदयात्रा माध्यमिकी परिक्रमा प्रारम्भ हुने भएकाले जिल्ला अधिवेशन सारिएको उनले बताए । काँग्रेस धनुषाले २० गते उम्मेदवारी दर्ता, २१ गते दावी विरोध तथा उम्मेदवारी फिर्ता, २२ गते निर्वाचनको अन्तिम नामावली प्रकाशन र २३ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।
काँग्रेस धनुषा जिल्ला सभापतिका लागि धनुषा उपसभापति रहेका सन्तोष यादव, क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियार र संविधानसभा सदस्य दिनेश प्रसैलाले आ–आफ्नो उम्मेदवारी विभिन्न समुहबाट घोषणा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का