बागमतीका ६ हजार बालबालिका जोखिमपूर्ण काममा
बागमती प्रदेशका ६ हजार २०० बालबालिका जोखिमपूर्ण श्रम गर्न बाध्य रहेको एक अध्ययनले देखाएको छ । स्वतन्त्र अभियान नेपालद्वारा सार्वजनिक तथ्याङ्कमा नेपालमा ११ लाख बालबालिका श्रममा रहेकामध्ये दुई लाख बालबालिकाले जोखिमपूर्ण श्रम गरीरहेको जनाइएको छ ।
उक्त संस्थाका अनुसार ३ दशमलव १ प्रतिशत बालबालिका बागमती प्रदेशमा जोखिमपूर्ण श्रममा छन् । सो संस्थाद्वारा हेटौँडामा आयोजित एक कार्यक्रममा संयोजक सोमबहादुर स्याङ्तानले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनका अनुसार बागमतीमा १० वर्षमुनिका १३.१ प्रतिशत १० देखि १४ वर्षका १५.६ प्रतिशत र १४ देखि १८ वर्ष उमेर समूहका ६७.२ प्रतिशतले विभिन्न कारणले श्रम गरिरहेको उल्लेख छ ।
यस्तै ३५ प्रतिशत बालबालिकाले दैनिक १६ घण्टासम्म श्रम गरिरहेको प्रतिवेदनमा उल्लेख छ । सरकारले तोकेको कानुन विपरीत बालश्रम गरिरहेका बालबालिकाले ठूलो जोखिम र भारी उठाउनु परेको, कामको पूरा पारिश्रमिक नपाएको, राति–राति काम गर्नुपर्ने र अभद्र व्यवहार खेप्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
स्वतन्त्र अभियानद्वारा आज आयोजित प्रदेशमा बालश्रमको अवस्था र प्रदेशस्तरीय छलफलका सहभागीले गरिबी, आर्थिक अभाव, अशिक्षा र चेतनाको अभावले बालश्रम बढेको बताए । कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव गोपाल कँडेलले बालश्रम अन्त्य अत्यन्त चुनौती रहेको उल्लेख गर्दै बालश्रम अन्त्यसम्बन्धी ऐन कानुनको कार्यान्वयन र पालना भएमा मात्र बालश्रम हट्ने बताए ।
राष्ट्रिय बाल अधिकार संरक्षण सञ्जालका अध्यक्ष प्रकाश खतिवडाले बालश्रम न्यूनीकरणका लागि समन्वय र नीतिनियम कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै स्थानीय निकायले यसमा विशेष जोड दिनुपर्ने बताए । कार्यक्रम संस्थाकी सदस्य गोमा भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी