क्लाइमेक्स खिच्न मुस्ताङ पुग्यो ‘लाखे’
फिल्म ‘लाखे’ युनिट मुस्ताङ पुगेको छ । फिल्मको क्लाइमेक्स छायाङ्कनका लागि निर्माण युनिट केही दिन अगाडि मुस्ताङ पुगेको हो । मुस्ताङको कागबेनी लगायत बिभिन्न मनोरम दृश्य समेटिने गरेर फिल्मको क्लाइमेक्स छायाङ्कन भइरहेको कार्यकारी निर्माता हरिमल्ल ठकुरीले बताए । ‘लाखे’ को क्लाइमेक्स कसैले नसोचेको विषेश छ’ निर्माता ठकुरीले भने, ‘त्यसैले पनि हामीले मुस्ताङ रोजेका हौ ।’
सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बालगायत कलाकार क्लाइमेक्सका लागि मुस्ताङ पुगिसकेका छन्, भने अभिनेत्री बर्षा राउत, अर्पण थापा, प्रशान्त ताम्रकारलगायत भने केही दिनमा पुग्दैछन् ।
सम्राट बस्नेतको निर्देशक रहेको ‘लाखे’ मल्टिस्टार कलाकारले भरिएको फिल्म हो । फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बा, बर्षा राउत, अर्पण थापा, प्रशान्त ताम्राकार, संजोक राणा र कालु राना लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।
फिल्म काठमाडौँको छायाङ्कन पछि मुस्ताङ पुगेको हो । मुस्ताङको क्लाइमेक्स सकाएर फिल्म फेरि काठमाडौँमा केही दिन छायाङ्कन हुने निर्माण युनिटले जानकारी दियो । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता सिजन अर्याल हुन् । कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरी (जिएम) प्रस्तुतकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दरखास्त आव्हान
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबिच आज द्विपक्षीय भेटवार्ता
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
मौद्रिक नीतिको समीक्षा हुँदै, के-के होला परिवर्तन ?
-
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेशाज्ञा, श्रम स्वीकृतिलगायत प्रक्रियागत व्यवस्थाको प्रयास’
-
कपालमा अन्डा लगाउँदा के हुन्छ ?