भिसा विना विमानस्थल पुगेको सम्बन्धमा गृह मन्त्रालयले थाल्यो छानविन
शुक्रबार, १३ फागुन २०७८, १४ : १३
पासपोर्ट र भिसा विना विमानस्थल पुगेको सम्बन्धमा गृह मन्त्रालयले छानविन थालेको छ । यही फागुन ९ गते त्रिभुवन विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट र भिसा विना एक जना विमानस्थल पुगेका थिए । उक्त घटना विमानस्थलको सुरक्षाका लागि अति संवेदनशिल भएको भन्दै गृहमन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
यससम्बन्धमा छानविन गर्न मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईको संयोजकत्वमा ९ सदस्य छानबिन समिति गठन गरेको छ । समितिले विमानस्थलको सुरक्षा अवस्था, विभिन्न निकायको कार्यविभाजन, कमजोरी र सुधारका उपायहरु सहितको प्रतिवेदन ७ दिनभित्र पेश गर्नुपर्ने मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण