एमसीसी विरुद्धको प्रदर्शनमा घाइते भएका हेमराज अवस्थीको स्वास्थ्यमा सुधार
मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ विरुद्ध काठमाडौंको बानेश्वरमा प्रदर्शन गर्दा गम्भीर घाइते भएका हेमराज अवस्थीको स्वास्थ्यमा सुधार भएको छ । एभरेष्ट नर्सिङ होमबाट ट्रमा सेन्टर हुँदै माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा रिफर गरिएका अवस्थीको टाउकोको दुईवटा अपरेशन गरिएको अस्पतालले जनाएको छ ।
डडेलधुराको नवदुर्गा गाउँपालिका घर भई ललितपुरस्थित टीकाथली बस्दै आएका अवस्थीलाई प्रहरीले हानेको टियर ग्यास सेलले टाउकोमा लागेको थियो । तर, प्रहरीले आन्दोलनकारीले नै हानेको ढुंगाले लागेर उनी घाइते भएको दाबी गर्दै आएको छ ।
३० वर्षीय हेमराज अवस्थीको उपचारमा आवश्यक ‘ओ नेगेटिभ’ रगत प्रहरी जवान सामिनाथ यादवले दिएका थिए । उनको स्वास्थ्यमा सुधार आएको र अहिले भेन्टिलेटरबाट निकालेर आईसीयूमा उपचार भइरहेको अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टीच्युट एण्ड एलाईड साइन्सले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त