भारतमा थप १३ हजार नयाँ सङ्क्रमित थपिए
शुक्रबार, १३ फागुन २०७८, १३ : २१

भारतमा कोरोनाभाइरसबाट थप १३ हजार १६६ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा कोरोनाकै कारण ३०२ जनाको मृत्यु भएको पनि संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड २८ लाख ९४ हजार २३५ जना सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्क छ ।
मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने एक लाख ३४ हजार २३५ रहेको छ । त्यसैगरी कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या भने पाँच लाख १३ हजार २२६ पुगेको अधिकारीहरुले जनाएका छन् ।
कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये चार करोड २२ लाख ४६ हजार ८८४ जना सङ्क्रमणमुक्त भएका छन् । ती मध्ये २६ हजार ९८८ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म