जसपा कार्यकारिणी समितिको बैठक सुरु

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । ग्वार्कोको एक होटलमा बैठक सुरु भएका हो । एमसीसी, स्थानीय चुनाव, समसामयिक राजनीतिक घटनाक्रम लगायतका एजेण्डामा छलफल गर्न आज बैठक सुरु भएको हो । पार्टीमा दुईजना अध्यक्ष हुनुपर्ने, पार्टी समावेशी हुनुपर्ने, नियमित बैठक बस्नुपर्ने लगायतका कुरालाई लिएर पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईबीच आन्तरिक द्वन्द चलिरहेको छ ।
सो द्वन्द्वका कारण लामो समयदेखि पार्टीको बैठक बसिरहेको थिएन । बाबुराम पक्षले बैठकका लागि पटक पटक दवाव दिँदै आइरहेका थिए । सोही दवावका कारण कार्यकारिणी समितिको बैठक बसेको हो ।
बैठकमा एमसीसीको बारेमा पनि छलफल हुनेछ । एमसीसीको विषयमा पार्टीमा मतमतान्तर रहेको छ । अध्यक्ष यादव एमसीसीको विपक्षमा छन् भने अध्यक्ष भट्टराई एमसीसी पारित हुनुपर्ने पक्षमा छन् । आज पार्टीले एमसीसीको बारेमा आधिकारिक निर्णय गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका ७१८ वडालाई वर्गीकरण गरेर विषादी प्रयोगमा कडाई
-
ला लिगामा सेल्टा भिगो र लस पल्मसले अंक बाँडे
-
धर्मामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता