जसपा कार्यकारिणी समितिको बैठक सुरु
जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । ग्वार्कोको एक होटलमा बैठक सुरु भएका हो । एमसीसी, स्थानीय चुनाव, समसामयिक राजनीतिक घटनाक्रम लगायतका एजेण्डामा छलफल गर्न आज बैठक सुरु भएको हो । पार्टीमा दुईजना अध्यक्ष हुनुपर्ने, पार्टी समावेशी हुनुपर्ने, नियमित बैठक बस्नुपर्ने लगायतका कुरालाई लिएर पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईबीच आन्तरिक द्वन्द चलिरहेको छ ।
सो द्वन्द्वका कारण लामो समयदेखि पार्टीको बैठक बसिरहेको थिएन । बाबुराम पक्षले बैठकका लागि पटक पटक दवाव दिँदै आइरहेका थिए । सोही दवावका कारण कार्यकारिणी समितिको बैठक बसेको हो ।
बैठकमा एमसीसीको बारेमा पनि छलफल हुनेछ । एमसीसीको विषयमा पार्टीमा मतमतान्तर रहेको छ । अध्यक्ष यादव एमसीसीको विपक्षमा छन् भने अध्यक्ष भट्टराई एमसीसी पारित हुनुपर्ने पक्षमा छन् । आज पार्टीले एमसीसीको बारेमा आधिकारिक निर्णय गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण