युक्रेनलाई सहयोग गर्न जेलेन्स्किीले फेरि गरे पश्चिमा गठबन्धनलाई अनुरोध

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले युक्रेनलाई सहयोग गर्न र रुसको पाशविक हमला रोक्न फेरि अर्को पटक अनुरोध गरेका छन् । रुसी सेनाविरुद्ध आफूहरु एक्लै लड्नु परेको बताउँदै उनले पश्चिमा देशहरु समक्ष यस्तो अनुरोध गरेका हुन् । यसअघि जेलेन्स्किले अमेरिकी सैन्य गठबन्धन नेटो र पश्चिमा देशहरुले युक्रेनलाई सहयोग नगरेको बताएका थिए ।
‘हामीहरुले हाम्रो देशलाई एक्लै जोगाइरहेका छौं । हिजोजस्तै विश्वकै सबैभन्दा शक्तिशाली फौजले टाढाबाट हेरिरहेको छ,’ राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने ।
आज उज्यालो नहुँदै युक्रेनमा धेरै मिसाइल आक्रमण भएको जेलेन्स्किीलेले पुष्टि गरेका छन् । स्थानीय समयअनुसार बिहान ४ बजे हमला भएको उनले बताएका छन् ।
रुसको आक्रमणले सैन्य र नागरिक दुवैलाई निशाना बनाएको उनले बताएका छन् । रुसले यसअघि सर्वसाधारणमाथि हमला नगरेको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार