मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमसीसी पास गर्न एमालेसँग सहमति भइसक्यो : मीन विश्वकर्मा

शुक्रबार, १३ फागुन २०७८, १२ : २६
शुक्रबार, १३ फागुन २०७८

नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्न प्रमुख प्रतिपक्षी एमालेसँग मोटामोटी सहमति भइसकेको बताएका छन् । सोही कारण आज बस्ने प्रतिनिधिसभा बैठकअघि माओवादी केन्द्रले एउटा ठोस निर्णय लिने उनको भनाइ छ ।

गठबन्धनमा आबद्ध भएर पनि माओवादीले सरकारलाई सहयोग नगरेकाले प्रतिनिधिसभा बैठकबाट एमसीसी अनुमोदन गर्नेबारे एमालेसँग सहमति नजिक पुगेको नेता विश्वकर्माले जानकारी दिए । सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन नगरेपछि काँग्रेस एमालेसँग नजिकिन लागेको हो । 

नेता विश्वकर्माले आजको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी सदनमा कसरी प्रवेश गर्ने भन्नेबारे सहमति हुने विश्वास व्यक्त गरे । आज सहमति भएर संसदमा एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र सकेसम्म आजै एमसीसी अनुमोदन हुन सक्ने उनको भनाइ छ । 

आज प्रतिनिधिसभाको दुईवटा बैठक बसेर भए पनि एमसीसी पास हुन सक्ने उनले बताए । ‘सभामुखको स्वार्थ नमिले पनि सरकारले सदनमा अघि सारेको बिजनेस रोक्न मिल्दैन,’ विश्वकर्माले भने । -न्युज कारखाना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप