शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठक डाकिएन, के हुन्छ आजको बैठक ?

शुक्रबार, १३ फागुन २०७८, ११ : ५५
शुक्रबार, १३ फागुन २०७८

शुक्रबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । सामान्यतया संसद बैठक सञ्चालन पूर्व कार्यव्यवस्था समितिको बैठक बस्ने गरेपनि आजका लागि भने बैठक बोलाइएको छैन । आज बस्ने संसद बैठकका लागि संघीय संसदले प्रकाशन गरेको कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने र अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बीच भएको अनुदान सहायता सम्झौता माथि सामान्य छलफल गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तोकिएको छ । 

तर बैठक सञ्चालन पूर्व बैठक सञ्चालनबारे प्रक्रियाबारे छलफल गर्नुपर्ने बैठक नै नबसेका कारण प्रतिनिधि सभाको बैठक बस्नेमा अन्यौलता बढेको छ । बिहिबार पनि दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर अन्तिम समयमा स्थगित गरिएको थियो । 

बिहीबार नै कार्यव्यवस्था समिति बैठक बसेकाले आजका लागि नराखिएको हुन सक्ने संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए । बिहिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल अघि बढाउने बारेमा छलफल भएको थियो । सो बैठकमा केही दलले संसद खुलेपछि मात्रै एमसीसी माथि छलफल  प्रक्रियालाई अगाडि बढाउन आग्रह गरेको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् । आवश्यकता अनुसार परामर्श समितिको बैठक बस्ने बताउँदै उनले आज बैठक नबसेपछि संसद बैठक १ बजे सुरु हुन सक्ने बताइन् । उनले बानेश्वरमा सभामुखसँग अनौपचारिक छलफल हुन सक्नेपनि उल्लेख गरिन् । 

सभामुख अग्निप्रसाद सापकोटा राजनीतिक दलहरुबिचको सहमतिमा एमसीसी अगाडि बढाउने पक्षमा देखिएका छन् । यता सत्ताको नेतृत्व गरेको दल काग्रेस भने अहिलेकै अवस्थामा एमसीसी अगाडि बढाउने पक्षमा रहेको छ । 
अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेवल भएपछि राजनीतिक दलहरु फरक विपरित ध्रुवमा बाढिएका छन् ।

दलहरु एमसीसी पास गर्ने विषयमा एकमत नभएपछि त्यसलाई कसरी पास गराउने भन्नेमा गृहकार्यमा सरकार लागिपरेको छ भने सरकार तथा संसदमा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी त्यसको विपक्षमा रहेको छ । यता निरन्तर संसद अवरुद्ध गर्दै आइरहेको प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसी परियोजनाबारे स्पष्ट धारणा सार्वजनिक गरेको छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप