बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनको दाबी : ८०० भन्दा बढी रुसी सैनिक मारिए, ३० ट्यांक र ७ जासूसी एयरक्राफ्ट पनि नष्ट

शुक्रबार, १३ फागुन २०७८, ११ : ३६
शुक्रबार, १३ फागुन २०७८

युक्रेनमा रुस हमलाको आज दोस्रो दिन हो । युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान कयौँ विस्फोटको आवाज सुनिएको छ । युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले पुरै सेनालाई युद्धमा उतार्ने घोषणा गरेका छन् । युक्रेनले आफ्नो सेनाले ८०० भन्दा बढी रुसी सैनिक मारेको दाबी गरेको छ । यसका साथै, ३० रुसी ट्यांक र ७ जासुसी विमान पनि ध्वस्त पारेको दाबी युक्रेनले गरेको छ ।

युक्रेन सरकारले १८ देखि ६० वर्षका पुरुषलाई देश छोड्नबाट प्रतिबन्ध लगाएको छ । केही रिपोर्ट अनुसार युक्रेनले आफ्ना १० हजार नागरिकलाई प्रतिरोधका लागि राइफल दिइसकेको छ ।

शुक्रबार बिहानै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले विश्वले आफूहरुलाई युद्ध गर्नका लागि एक्लै छोडेको उल्लेख गरेका छन् । उनी आफू किएभमा भएको र त्यहाँ रुसी सेना आइसकेको पनि उनले बताए । रुसको पहिलो निशाना आफू भएको र त्यसपछि आफ्नो परिवार भएकोसमेत उनले बताए ।

रुस र युक्रेनको साथमा कुन कुन देश छन् ?

अमेरिकाले पनि बिहीबार युरोपमा ७००० थप सेना तैनाथ गरेको घोषणा गरेको छ । अमेरिकाको रक्षा विभाग पेन्टागनले भनेको छ, ‘रक्षा सचिव लोयड अस्टिनले नेटो सहयोगीको भरोसा दिन जर्मनीमा सैकिको तैनाथीको आदेश दिएका छन् । अमेरिका रुसलाई पनि जवाफ दिन चाहन्छ कि यदि उसले नेटो देशतिर अग्रसर भयो भने जवाफी कारवाही गर्नमा पनि कुनै संकोच हुने छैन ।’

रुसले बिहिबार चेर्नोबिल परमाणु प्लान्टमा पनि कब्जा गरेको थियो । आज अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सीले युक्रेनको परमाणु संयन्त्र सुरक्षित रुपमा चलिरहेको बताएको छ । चेर्नोबिलमा कुनै नोक्सानी भएको छैन ।

रुसको आक्रामक कारवाहीपछि अमेरिकाले वासिङ्टनमा रहेका रुसी राजदूतावासमा तैनाथ उच्च तहका कुटनीतिज्ञलाई आफ्नो देशबाट निकालिदिएको छ । यद्यपि, विदेश कुटनीतिज्ञका एक वरिष्ठ अधिकारीले न्यूयोर्क टाइम्ससँग कुरा गर्दै कुटनीतिज्ञलाई युक्रेन हमलाकै कारण बाहिर  ननिकालिएको बताएका छन् ।्

न्यूयोर्क सडकमा पुटिन बिरुद्ध प्रदर्शन

रुसी राष्ट्रपतिको बिरुद्धमा बिहीबार न्युयोर्कमा जुलुस निकालिएको थियो । हजारौँ मानिसले म्यानहानको सडकमा युक्रेनी झन्डा बेरेर विरोधमा उत्रिएका थिए । यसैगरी अमेरिकाले आज रुसी हमलाको निन्दा र युक्रेनबाट रुसी सेनाको फिर्तिलाई लिएर संयुक्त राष्ट्र सुरक्षा परिषदमा प्रस्तावमा मतदान गराउन सक्ने छ  ।

फ्रान्सेली राष्ट्रपति म्याक्रोले पुटिनसँग फोनमा गरे कुराकानी

क्रेमलिनका अनुसार फ्रान्सका राष्ट्रपति इमानुुयल म्याक्रोले रुसका राष्ट्रपति भ्लादिमिर पुुटिनलाई फोन गरेका छन् । क्रेमलिनका अनुुसार म्याक्रो र पुटिनबीच युक्रेनको विषयलाई लिएर गंभीर कुराकानी भएको छ । रुसी राष्ट्रपतिले फ्रान्सलाई हमलाको कारण र अवस्थाको बारेमा बताएका थिए । विगतका दिनहरुमा पुुटिनले भारत, पाकिस्तान, इरान र फ्रान्सका राष्ट्राध्यक्षहरुसँग कुराकानी गरेका थिए ।

रुसका साथ कुन–कुन देश

चीन, पाकिस्तान, आर्मेनिया, क्यूवा, किर्गिजस्तान, ताजिकस्तान, कजाकस्तान, बेलारुस, अजरबैजान, इरान र उत्तर कोरिया

युक्रेनका साथ  कुन–कुन देश

अमेरिका, बेल्जियम, क्यानडा, बेलायत, अस्ट्रेलिया, फ्रान्स, डेनमार्क, नेदरल्यानड, लक्जेम्बर्ग, इटाली , जापान, दक्षिण कोरिया ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप