आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीमा क्रसर उद्योगमा आगलागी, २० लाखको क्षति

शुक्रबार, १३ फागुन २०७८, ११ : ०५
शुक्रबार, १३ फागुन २०७८

सर्लाहीको हरिपुर नगरपालिका–८ ठूलो जगतपुरस्थित एक क्रसर उद्योगमा आगलागी हुँदा रु २० लाख बराबरको क्षति भएको छ । सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा गए राति विद्युत् सर्ट भई आगलागी हुँदा अलकत्रा मिसाउने मेसिन जलेर रु २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप